जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते

जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईको मृत्यु, ८ जना घाइते

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पाल्पा — गुल्मीको मुसीकोट नगरपालिका-१, पौदीअमराईमा बिहीबार बिहान भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ यात्रु घाइते भएका छन् ।
मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा धुर्काेट गाउँपालिका-५ का पूर्वसांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका-१ का रोशर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। जीप सडकबाट सय मिटर तल खसेको प्रहरी चौकी पौदी अमराईका प्रहरी सहायक निरीक्षक जयकुमार कोहारले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका मालिका-२ कै १८ वर्षीयनरेन्द्र श्रीस र मुसीकोट नगरपालिका-१ का ४० वर्षीयभोजबहादुर भटराई र ३८ वर्षीया रिमा भटराईको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मालिका-२ का ३२ वर्षीयसूर्यबहादुर थापा र सोही ठाउँका २६ वर्षीयाकोशिला थापाको अवस्था गम्भीर रहेको छ । थापाको खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको र कोशिलाको ढाँडमा चोटपटक रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये मालिका गाउँपालिका-२ की तीन वर्षीया बालिका कृतिमा थापा, ५ वर्षका जेनिस थापा, चालक ३६ वर्षीय कमल पुरीको वामी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

#kantipurdaily

Leave a Reply