सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भन्दै विरगंजमा विरोध प्रदर्शन गरियो

सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भन्दै विरगंजमा विरोध प्रदर्शन गरियो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

वीरगंज, २६ चैत । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगंजमा प्रदर्शन गरेको छ ।

फोरम नेपाल पर्साको महानगर कमीटीले सर्वोच्च अदालतको निर्णय मधेश विरोधी भएको भन्दै सर्वोच्चले जारी गरेको आदेश पत्रको निर्णय प्रति समेत जलाएको हो ।

महानगर अध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेको विधार्थीहरुको समूहले वीरगंजको घण्टाघरमा सर्वोच्च अदालतको निर्णय विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका थिए । महानगर अध्यक्ष इश्वर यादवले नेपालको कानून बुझी नसक्नु भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष यादवले एकातिर सर्वोच्च अदालतकै निर्णयबाट नै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण गरिरहेको बेला पुनः सर्वोच्च अदालतद्वारा नै कार्यान्वयन नगर्न जारी गरेको आदेशले सर्वोच्च अदालतले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

२०६३ मा जन्मका आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनी संविधानमै लेखिए पनि मधेश विरोधी मानसिकता बोकेका केही अधिवक्ताहरुले मधेशी युवाहरुलाई नागरिकता विहिन बनाएर देशमा द्वन्द्वको बीउ रोप्न खोजेको अध्यक्ष यादवले आरोप लगाए ।

विरोध प्रदर्शन कार्यक्रममा कार्यपालिका सदस्य अजय साह सोनार, विद्यार्थी नेताहरु सुजित गिरी, सफरोज अहमद, मनोज यादव, वडा अध्यक्ष तुफान फारुक, मनमोहन पाण्डे, मुस्तकीम अंसारी, नुरालम अंसारी, शेख रुस्तम, सविना खातुन, आजाद बाबु राकी, असरफ अली,रमेश सहनी, आनन्द गुप्ता, फिरोज बादसाह,हरेन्द्र साह लगाएत संघिय समाजवादी फोरम नेपालका

# Social Media

Leave a Reply