जितपुर र कलैयामा प्रहरी तथा एसईई परिक्षाथीहरु विच झडप

जितपुर र कलैयामा प्रहरी तथा एसईई परिक्षाथीहरु विच झडप

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

प्रदेश २ मा एसईई परिक्षा रद्ध भए पछि आक्रोसीत बिधाथीहरु विरोधमा अत्रिएका विधार्थी तथा सुरक्षाकर्मीबीच शनिबार वाराको कलैया तथा जितपुरमा झडप भएको छ । यस झडपमा आधा दर्जन बढी सुरक्षाकर्मी र दर्जनभन्दा बढि प्रदर्शनकारीहरु घाइते भएका छन । कलैयामा झडपमा २ जना प्रहरी र ४ जना प्रदर्शनकारी घाइते भएका थिए । घाईते हुनेमा प्रहरी हवल्दार विजय राय यादव, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सई अशोक कुमार कुर्मी र प्रदर्शनकारी जितेन्द्र यादव सहित ४ जना विधार्थी सामान्य घाईते भएका छन तथा उपचार अवस्था मा छन ।


जितपुरमा एसईई का परिक्षार्थीहरु विहाने साढे ८ बजेदेखि सुरु भएको झडप मध्षन्ह १२ बनेसम्म चलेको थियो । १२ बजेको बाद जितपुरको अवस्था समान्य हुन्थाल्यो । प्रदर्शनकारीले गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय जितपुरका कार्यरत महिला प्रहरी जवान निरु श्रेष्ठ र प्रहरी जवान लगनदेव यादव घाइते भएका हुन । घाईतेभएको प्रहरीका उपचार विरगंजमा चल्दै छ । प्रहरी चौकीको आगनमा राखिएको भारतीय नंबरको गाडी ट्रक,टिपर,बसमा समेत तोडफोड भएको छन ।


यस अवस्थालाई समान्य पार्नको लागि जितपुरसिमारा उप.महा.नगरपालिका का प्रमुखा कृष्णाा पौडेल, जितपुर सिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष संजय साह, व्यपारी कपिलदेव यादव लगायतका पहल गरिरहेको स्थानियले जानकारी उपल्बध गराएका हुन ।

Leave a Reply