एसईई सुरु, ४ लाख ७५ हजार परीक्षार्थी

एसईई सुरु, ४ लाख ७५ हजार परीक्षार्थी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारदेखि सुरु भएकाे छ । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार याे वर्ष मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्।

परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्।नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन्। नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन्।

चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षा याे वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार सुरु भएकाे हाे।

Sources : kantipurdaily.com

Leave a Reply