दोस्रो जीतपुर बृहत खेलकुद ,साँस्कृतिक एवं ब्यपार मेलाको सम्पुर्ण तयारी पुरा

दोस्रो जीतपुर बृहत खेलकुद ,साँस्कृतिक एवं ब्यपार मेलाको सम्पुर्ण तयारी पुरा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिहीबार उदघाटन हुने
दोस्रो जीतपुर बृहत खेलकुद ,साँस्कृतिक एवं ब्यपार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
दोस्रो जितपुर बृहत खेलकुद,सांस्कृतिक एवम् व्यापार मेला यहि फागुन 23 गते देखी शुरूमा आफनो उपस्थिति गरि मेलाको शोभा बडाउन मेलाको समपुर्ण जनकारी दिदै आज पत्रकार समेलन सम्पन। । जगदम्बा ईन्टरप्राईजेज मुख्य प्रायोजक रहेको मेलामा सह प्रायोजकमा जगदम्बा स्टिल रहेको छ । एम्बुलेन्स खरिद गर्ने उदेश्यले सुरु गर्न लागिएको मेलालाई सफल पार्न बिभिन्न उपसमितीहरु गठन गरिएको छ ।कुल ६३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको मेलामा १ सय २५ वटा स्टलहरु राखिएको छ । उद्योग प्रतिष्ठानका उत्पादित सामग्रीहरु , ब्यवसायिक बस्तुहरु ईलेक्ट्रीक तथा ईलेक्ट्रोनिक्स बस्तुहरु , अटोमोबाईल तथा सवारी साधन ,सुचना तथा प्रबिधिको प्रदर्शनी ,बिभिन्न जातजाती तथा समुदायको साँस्कृतिक झाँकीहरु ,ख्याती प्राप्त खेलाडीहरुको सहभागितामा प्रतियोगितात्मक खेलकुदहरु ,बाल उद्यान ,बिभिन्न मनोरञ्जनात्मक खेलहरु ,राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु मेलाका आकर्षणहरु रहेका छन् । मेला अवधि भर शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी र स्वयमसेवक खटाईएको मेला समितीका कोषाध्यक्ष प्रिन्स गुप्ताले जानकारी दिए । मेलाको हरेक गतिबिधिलाई निगरानी गर्न प्रबिधियुक्त पर्याप्त मात्रामा सि.सि.टि.भी क्यामेरा लगाईने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।अपाङ तथा जेष्ठ नागरिकहरुको सम्मान स्वरुप बिना शुल्कको प्रबेस गर्ने ब्यवस्था मिलाईएको मेला समितीका सचिव श्रीराम साह कानुले बताए । मेला बिहान १० बजे देख बेलुकाको १० बजेसम्म चल्ने छ ।मेलामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताको बिशेष उपस्थित रहेको थियो । मेला समितीका अध्यक्ष शक्ति गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मेला समितीका उपाध्यक्ष मोतिआलम अंसारी , रञ्जना झा , मेला समितीका निबर्तमान अध्यक्ष मनोज साह लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन प्रेस संयोजक रञ्जन यादबले गरेका थिए ।

Leave a Reply