‘भारतको चुनावी नतिजाले नेपाल नीति फेरिँदैन’

‘भारतको चुनावी नतिजाले नेपाल नीति फेरिँदैन’

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

काठमाडौं : कन्स्ट्यान्टिनो जेभियरले हालै जोन्स होप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा हालै पिएचडी लिए । यसपछि उनी एक पुस्तक समेत लेखिरहेका छन् । साथै उनी दक्षिण एसियाली मुलुकबीच सम्बन्ध र सुरक्षाका चुनौतीबारे अनुसन्धान गरिरहेका छन् ।

दक्षिण एसियाको भूराजनीतिलाई नजिकबाट नियालीरहेका जेभियरसँग अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बराल र कमलदेव भट्टराईले भारत–पाकिस्तानको पछिल्लो राजनीतिक तनाव, एसिया प्यासिफिक राजनीति र नेपालसँग भारतको सम्बन्धबारे गहन बहस गरेका छन् ।यस क्रममा जेभियरले भारतको आसन्न लोकसभा चुनाव, स्थगित रहँदैआएको सार्क बैठक, बिमस्टेकको उद्देश्य लगायत विषयमा अफ्नो धारणा राखे । खासगरी भारतमा हुँदैगरेको लोकसभा चुनावले नेपालको राजनीतिमा पनि असर गर्ला कि ? भन्ने प्रश्नमा उनले यसले कुनै असर नपार्ने तर्क गरेका छन् । भारतमा जुनसुकै पार्टीले चुनाव जिते पनि वा जोसुकै प्रधानमन्त्री बने पनि नेपाललाई हेर्ने दृष्टिकोणमा बदलाव नआउने उनको भनाइ छ ।

# annapurnapost

Leave a Reply