जनताकर्मी तिवारीलाई मालपोत प्रमुखको धम्की

जनताकर्मी तिवारीलाई मालपोत प्रमुखको धम्की

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा । समाचार संकलन गरेको भन्दै सिमरा मालपोत कार्यालयका प्रमुख मदन गुप्ताले बाराका जनताकर्मी अनिल तिवारीलाई धम्की दिएका छन् ।

आफू विरुद्ध समाचार लेखेकाे भन्दै मालपोत प्रमुख गुप्ताले जनताकर्मी अनिल तिवारी, पलखबर डट कमका समाचार प्रमुख शारदा पोखरेल र समर्पण एफ.एम.का समाचार प्रमुख सुप्रिया ढकाललाई धम्की दिएका हुन् । पछिल्लो समय सिमरा मालपोतमा बिचौलियाको बिगबिगी भएको समाचार प्रकाशित भएको थियो ।

मालपोतमा अनलाइन सेवा सञ्चालन भएपनि त्यस अनुसारको काम नभएको र सेवाग्राहीले आफ्नो काम गराउन बिचालीयालाई दुई हजार देखि ५ हजारसम्म रकम दिनुपर्ने बाध्यता रहेको समाचार प्रकाशित भएपछि गुप्ता सञ्चारकर्मीमाथि खनिएका हुन् ।

नेपाल सरकारले लागू गरेको अनलाइन फारम लागू नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मालपोत प्रमुखलाई सेवा लागू गर्न यस अघि निर्देशन दिनुभएको थियो । तर निर्देशनलाई अटेर गर्दै शनिबार पनि कार्यालय खुल्ला गरेको सुचना पाएपछि समाचार संकलनका लागि मालपोत कार्यालय पुगेका संचारकर्मी सुप्रिया ढकाल जनताकर्मी अनिल तिवारी र शारदा ढकाललाई मालपोत प्रमुख गुप्ताले समाचार नलेख्न धम्की दिएका हुन् ।

समाचार लेखेको विषयमा पत्रकारमाथि धम्की आउनुलाई नेपाल पत्रकार महासंघ शाखा बाराको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

# janatasamachar

Leave a Reply