युवाहरुको सहयोगमा निःशुल्क आँखा चेक जाच : गाँउमा खुशिको लहर

युवाहरुको सहयोगमा निःशुल्क आँखा चेक जाच : गाँउमा खुशिको लहर

हेल्प युवा क्लब द्धारा बकुलिया क्याम्पसमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो । बकुलिया बाराको जितपुरसिमरा उप.महा.न.पा–५ मा पर्ने गर्दछ । जितपुरसिमरा उप.महा.न.पा कै शिक्षाको सुविधा सम्पन्न भएको एक मात्र नमुना स्कुलको रुपले लिने गरिन्छ । आखाँ चेक जाचको कार्यक्रम प्रथम भुमिका महावीर केडिया आँखा अस्पतालको थियो । यस कार्यक्रम मा सहयोगी रुपमा ईलाका प्रहरी जितपुर, लक्ष्मी बैक जितपुर रहेको थियो ।
केडिया आँखा अस्पतालको प्रख्यात डाकटरहरुको टिम द्धारा यो सुविधा प्रदान गरिएको थियो । यस टिम मा डा.शिव शंकर प्र.गुप्ता , डा.रास देव साह , डा.अम्बिका प्र.साह तथा डा.सुदर्शन काफ्ले उपस्थिति थियो । आधुनिक मेशिन द्धारा तथा प्रख्यात डाक्टरहरु द्धारा यो सेवा उपल्बध गराईएको हो । यस कार्यक्रममा ३४५ बिरामीहरुको चेक जाचको सुविधा लिए का थिए । जस मध्ये १११ विरामीहरुको अप्रेशन गर्ने सुचिमा परेको थिए । अप्रेशन पर्नेहरुको अप्रेशन शुल्क लाग्नेहरुलाई यो सेवा निःशुल्क उपल्बध गराईने छ ।


गाँउ को बिकाशको लागि युवाहरुको योग्दान प्रथम भुमिका हुने छ तथा जनचेतना कार्यक्रममा सहयोग गर्नु पर्छ भन्ने कुरामा अध्यक्ष फैजुलाह हक अंसारीले जोड दिनु भएको हो ।

Leave a Reply