बलात्कृत १७ वर्षीय किशोरीलाई न्याय न पाए पछि आत्महत्या गरिन

बलात्कृत १७ वर्षीय किशोरीलाई न्याय न पाए पछि आत्महत्या गरिन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

राजविराज
सामूहिक बलात्कारमा परेकी १७ वर्षिय नन्की भनिने संगिता मण्डलले मंगलबार प्रहरीमा उजरी दिन ‘पञ्चेती’ ले रोक लगाए पछि उनी आत्महत्या गरेकी छिन । सप्तरीको डाकनेश्वरी नगरपालिका –७ ललितपुरीकी पिडित संगिताले आत्महत्या गरे पछि आरोपित चार जना फरार भएका छन । बलात्कार गर्ने आरोपितमा ३० वर्षीय धर्म मण्डल , १८ वर्षीय रन्जित मण्डल , ३५ वर्षीय विष्णु मण्डल र १९ वर्षिय बब्लु मण्डल रहेको छन ।
गाँउमा पञ्चायती गरि पीडितलाई रोक लगाउने ४ पञ्च लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी हिरासतमा पर्ने स्थानिय पञ्च वासुदेव मण्डल , जयकान्त मण्डल , सत्यनारायण मण्डल रहेका छन । पञ्चले पडितलाई प्रहरीमा उजुरी गर्नमा रोक लगाउदै आरोपितहरुबाट ५५ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएका थिए । पञ्चले गरेको निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकेकीले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक असुसन्धानले देखाएको छ ।

Leave a Reply