भू–माफियाले नदीको मुहार रातारात परिवर्तन गरे पछि

भू–माफियाले नदीको मुहार रातारात परिवर्तन गरे पछि

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विरगंज, पर्सा
भु–माफिया द्धारा पर्सामा पर्ने नदी अतिक्रमण हुन थालेको छ । जिल्लामा पर्ने बिन्दवासिनी गाउँपालिका वडा नं.२ र १ को सिमामा पर्ने ढड्गही नदी अतिक्रमण हुन पुगेको छ । केही व्यक्तिको समुहले पर्साको हुलाकी सडक भएर बगिरहेको नदीको मुहार रातारात फेरेका छन । नदीको मुहार परिवर्तन भए सँगै त्यहाँका किसानहरु पिडीत हुन पुगेका छन । गाँउमा कसैको मृत्यु भए पछि त्यही नदीको किनारामा गाँउलेहरु दाह संस्कार गर्ने गरेको छन तर अब नदीको मुहार परिवर्तन भए देखि गाँउलेहरु सोबाट बञ्चित हुने भएका छन ।
पर्साको बिन्दवासीनी गाँउपालिका वडा नं.२ मा रहेको ढङ्गही नदीको मुहान राता रात परिवर्तन गरिए पछि त्यहाँका स्थानीयले बिरोध जनाएका छन ।
केहि भु–माफियाहरुले पर्साको वहुअर्वा भाठा देखि पश्चिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गहीको मुहान नैं परिवर्तन गरेकाले धेरै समस्या उत्पन्न हुँने स्थानीयको गुनाँसो रहेको छ ।
७०र८० फिट चौडा र एक हजार मिटर लामो भएर बगिरहेको नदीलाई अहिले एक हजार मिटर लामो दुरीलाई परिवर्तन गरेर २० मिटरमा गरिएको छ । मुहान फेरेर नदीको करिब १९ बिघा भन्दा बढी जग्गा अतिक्रमण गरेको स्थानीयको आरोप छ ।

Leave a Reply