बारामा झडप नियन्त्रण गर्नलाई १९ राउण्ड हवाई फायर

बारामा झडप नियन्त्रण गर्नलाई १९ राउण्ड हवाई फायर

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
माछा मार्ने क्रममा दुई पक्ष विच भएको झडप लाई नियनत्रण गर्नलाई प्रहरीले १३ राउण्ड हवाई तथा ६ राउण्ड अश्रुग्यास प्रहार गरि नियन्त्रण गरेका छन ।
बाराको सिम्रौनगढ नगरपालिका मा पर्ने वडा नम्बर ११ भगवानपुर टोल र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर ६ पर्टेवा बीचमा रहेको कुलोमा दुवै पक्ष बिच भनाभन पछि झडप भएको थियो र यस झडपमा करिब पाँच जना घाइते भएका छन ।
झडप को सुचना दुबै गाँउले पाउने साथ एक हजार भन्दा ज्यादा संख्या आएका स्थानीहरुलाई नियन्त्रण गर्नलाई प्रहरीले १३ राउण्ड हवाई फायर तथा ६ राउण्ड अश्रुग्यास प्रहार गरि झडपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी साझा गरेको हुन ।
यस झडपमा घाइते भएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको र यकिन विवरण आउन बाँकी रहेको छ । घाइते भएको सबैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Leave a Reply