पर्सामा कोरोना सङ्क्रमित महिलाले जन्माइन छोरी

पर्सामा कोरोना सङ्क्रमित महिलाले जन्माइन छोरी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

वीरगंज
वीरगंज स्थित नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमित पुष्टि भएकी ३१ वर्षीय महिलाले शुक्रबार छोरी जन्माउनुभएको छ । सुत्केरी व्यथाले च्यापेपछि गर्भक्रमित महिलालाई बिहीबार साँझी नेशनल मेडिकल कलेजको प्रसुती गृहमा लगेर भर्ना गरिसकिएको थियो । सुत्केरी महिला कोरोना संक्रमित पुष्टि भएको खबर पाए पछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे गर्भवती महिलालाई कोभिड अस्पतालमा ल्याएका थिए । गर्भवती महिला तथा उनको परिवारका सदस्यलाई जानकारी थिएन तर अचानक कोभिड अस्पतालको स्वास्थ्यकर्मी सहितको टोली अस्पताल पुगेपछि कोरोना संङ्क्रमणबारे परिवारलाई जानकारी भएको थियो ।

Leave a Reply