बिरगंजमा कोरोना बाट थप दुई जनाको मृत्यु

बिरगंजमा कोरोना बाट थप दुई जनाको मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज, पर्सा
विरगंज स्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचारत ६८ वर्षिय पुरुषको कोरोना संक्रमित पुष्टि भई मृत्यु भएको छ । कोरोना संक्रमित पुरुष मुटु रोगबाट ग्रसित भई स्थानिय एक निजी अस्पतालमा उपचार गराई रहेको ती बिरामी कोरोना संक्रमित पुष्टि भए थिए । कोरोना पुष्टि भए सँगै उनी साउन ८ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका हुन । उपचारको क्रममा ६८ वर्षीय पुरुषको भर्ना भएको ६ दिन पछि अस्पतालमा मृत्यु भएको र उनी बिरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी निवासी रहेको संयोजक डा. उदय नारायण सिंहले जानकारी साझा गरेको हुन ।

Leave a Reply