आगलागी को कारणले ७ घर जलेर नष्ट

आगलागी को कारणले ७ घर जलेर नष्ट

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
कलैयामा दिउँसो को करिब २ बजे शुक्रवार आगलागि हुँदा सात जनाको घर जलेर नष्ट भएको छ । कलैया उपमहानगरपालिका वडा नं.३ मोतिवागका स्थानीय बेलदार माझीको खरको घरबाट आगलागि सुरु भएको थियो । उनकै घरको चुलोबाट आगो सल्केर, उनको छिमेकमा बसोबास गरेको सात जनाको घरमा पुर्णरुपले जलेर नष्ट भएको जानकारी प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
यस आगलागिको कारणले गर्दा कुनै प्रकारको मानविय छती नभएको तर घरमा भएको खाना पकाउने कुरा तथा दुई वटा बाख्रा जलेर नष्ट भएको र यस आगोलाई स्थानीय बासिन्दा र प्रशासन तथा कलैया उपमहानगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगोलाई काबु गरिएको जानकारी बारा प्रहरीले साझा गरेका छन ।

Leave a Reply