लम्बिँदै गएको लकडाउनको कारण निर्माणाधीन तेस्रो शहरी खानेपानी तथा सरसफाई आयोजनामा ठुलो धक्का

लम्बिँदै गएको लकडाउनको कारण निर्माणाधीन तेस्रो शहरी खानेपानी तथा सरसफाई आयोजनामा ठुलो धक्का

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बझाङ्ग
देशमा लकडाउन लम्बिँदै गएको लकडाउनको कारणले वझाङको जयपृथ्वी नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको तेस्रो साना खानेपानी तथा सरसफाई आयोजनाको काम अलपत्र हुन गएको छ । यस लकडाउनमा आयोजना लाई सफल पार्न जनशक्तिको ठुलो अभावको कारण अलपत्र अवस्थामा पुगेको छ ।
१४ महिना अघि अशिष निर्माण सेवा र सिएवी कन्ट्रक्सन प्रा.लि ले २१ करोड ७३ लाखमा सम्झौता गरी साना शहरी खानेपानी आयोजना जिम्मा लिएका आयोजना प्रबन्धक अबहे कुमार मिश्रले जानकरी साझा गरेको हुन । आयोजना पाएको मिति देखि १८ महिना मित्र समपन्न भइहाल्नु पर्ने तर ७७ दिनको लकडाउनको असरले गर्दा उक्त निर्मानमा कार्य लम्बिने भएको आयोजना कार्यान्वयन इकाई चैनपुरले जानकारी गराएका छन । सेती नदीको पानीलाई पम्पीङ सिस्टम मार्फत भोपुरमा टंकीमा संकलन गरि चैनपुर,देवल तथा भोपुरका करिव १ हजार ९५ घरधुरीलाई पाईप मार्फत खाने पानी वितरण गरिने योजना रहेको र अब त्यो आयोजना सफल पार्न समयलाग्दा खानेपानीको पर्खाइमा बसेका स्थानीबासीको प्रसस्त खानेपानी पाउने सपना अधुरो नै रहयो ।
सम्झौता भएको दिन देखि निर्मान मात्र ३६ प्रतिशत पुरा भएको छ जानकारी कार्यान्वयन इकाई चैनपुरले जानकरी दिएको छ । कार्तिक २०७७ मा निर्मान कार्य सम्मपन्न हुनुपर्ने तर लकडाउनले गर्दा उक्त निर्मान अधुरो रहेको छ । आयोजना पुरा न भएको कारण अहिले सम्म सदरमुकामबासी नजिकैको बाउलीखोला र सेती नदीको पानीको प्रयोग गर्न बाध्य छन । स्थानीय बासिको सरकार संग माग छ कि तेस्रो साना शहरी खानेपानी आयोजना समयमै सम्पन्न गरी पानी को आपुर्तिमा सहजक्ता ल्याउनु पर्ने माग गर्दै आएका छन ।

Leave a Reply