कोरोनालाई गोल गर्दै एन्फा एकेडमी बाट ९ जना डिस्चार्ज भएका छन

कोरोनालाई गोल गर्दै एन्फा एकेडमी बाट ९ जना डिस्चार्ज भएका छन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बुटवल
एन्फा एकेडेमी बुटवलस्थित खेल प्रतियोगिता तथा प्रशिक्षण हुने स्थानमा कोरोना उपचार आइसोलेशन संचालन हुदै आएको छ । त्यही आइसोलेशनमा उपचाररत रहेका ९ जनाले कोरोना नेगेटिभ पुष्टि भएर डिस्चार्ज हुन थालेको छन ।
कोरोना नेगेटिभ आए का ९ जनालाई डिस्चार्ज हुने लाई बुटवलका उपमहानगर प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरिएका छन । डिस्चार्ज हुने ९ जनामा ८ जना कपिलवस्तुका हुन भने १ जना रुपन्देहीका हुन । उनीहरुलाई जेठ ११ गते आइसोलेशन सेन्टरमा ल्याइएको अर्थात भर्ना गरिएका थिए । यी मध्य १ जना कपिलवस्तुका वडा अध्यक्ष तथा ८ वर्षीय बालिका पनि थिइन । बाकी ७ जना भारत बाट काम गरि फर्केका थिए ।
यस विदाई कार्यक्रमा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले कोरोना नेगेटिभ आए पनि घरमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा बारे जानकारी गराउदै जवोरो नाप्ने थर्मोमिटर, मास्क, पन्जा लगायत समाग्री प्रदान गर्दै विदाई गर्नुभएको हो ।
अब एन्फा एकेडमीमा कोरोना संक्रमित भइ ३२ जना उपचार लिइरहेका छन । कोरोना संक्रमित भए का सबैलाई नियमित कोरोना चेकजाच गर्नुको साथै योग, मेडिटेसन , नृत्य गराउनुको साथै सात्विक भोजन सेवा दिइरहेका आइसोलेशन सेन्टरमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिएका हुन ।

Leave a Reply