१२ बजे पछि, सबै व्यपारी घर फर्की

१२ बजे पछि, सबै व्यपारी घर फर्की

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जनकपुरधाम
जिल्ला प्रशासन कार्यालय धनुषमा र जनकपुरधामका उधोग बाणिज्य संघ बीच मध्यान्ह १२ बजेसम्म व्यापारी प्रतिष्ठान खोल्ने सहमती भएको जानकारी उपल्बध भएको छ । यस बैठकमा सहभागी भएका संघका महा–सचिव जितेन्द्र महासेठका अनुसार मध्यान्ह १२ बजे सम्म पसल व्यवसायी बन्द गरी फर्कनु पर्ने तथा विहान ५ बजे देखि मात्र पसल संचालन गर्न मिल्ने जानकारी साझा गरेको हुन ।
यसको साथै बन्द नै रहने पसलको सुचिमा रहेको पसल जस्तै सैलुन,जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट भिडभाड हुने स्थानलाई बन्द नै रहने जानकारी उपल्बध भएको छ ।
खुल्लाहुने पसलहरुले अपनाउनुपर्ने कुरा जस्तै समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका साथन स्रोत लाई ध्यान दिएर मात्र व्यवसायी संचालन गर्नुपर्ने तथा जथाभावी पसल खोलेर भिड भाड गरेमा कानुनी हिसाबले व्यपारीलाई व्यपार गर्नमा रोक लागन सक्छ, धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका हुन ।

Leave a Reply