८ हजार नेपाली सुदुरपश्चिमको नाका ३ बाट नेपाली भित्रिए ।

८ हजार नेपाली सुदुरपश्चिमको नाका ३ बाट नेपाली भित्रिए ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पवन सिंह
लम्की
भारत बाट काम गरी स्वदेश फर्केका अलग अलग नाका बाट समाचार प्रत्येक दिन आइरहनु समान्य भएको छ । देशमा अब भोकमरी सुरु हुन्छ त्यसको साथै रोजगारी को हहाकार हुने सम्भावन पनि उतिकै छ । लोक सेवाले खोलेको विज्ञापनको संख्या बाट तपाई अनुमान निकालन सक्नुहुन्छ । पहिला कति थियो अब कति हुने छ । हाम्रो देश कृषी प्रधान देश हो तर के गर्नु भारत बाट चामल, दाल, तेल आदि ल्याउने गरिन्छ । जसको फाइदा भारत प्रत्येक्क्ष रुपमा उढाएको नाका बन्दीले देखाएकै हो ।
भारत बाट फर्केकाहरुको लागि सरकारले रोजगारी उपल्बध गराउने हो कि फेरी उनीहरु भारत फर्किन बाध्ये नै हुनेहुन त्यो आउने समयले बताउने छ । शनिवार हामीलाई जानकरी भएका अनुसार भारत बाट नेपाल फर्केकाहरुको विवरण निम्न लेखिएको छ, ।
कन्चनपुर को गन्डक चौकी नाका बाट करिब ३ हजार ७५२ नेपाल भित्रिएका छन ।
सुदुरपश्चिम को विभिन्न नाका भएर करिब ८ हजार भन्दा बडि नेपाल भित्रिएका छन ।
कैलालीको गौरीफन्टा नाकाबाट करिब ४ हजार २०७ नेपाल भित्रिएका छ ।
बैतडी झुलाघाट बाट करिब १७१ जना नेपाल भित्रिएका छन ।

यसको साथै भारत बाट सुदूरपश्चिम प्रदेश भएर भित्रिने संख्या करिब ५६ हजार पुगेको छ । यस लाकडाउन मा भारत बाट फर्केका नेपालीहरुको बोडरमा चाप वढे संगै जेठ २ गते देखि खुला गरिएको नाका बाट भित्रिने संख्या बढेको हो ।
सिमा क्षेत्रमा चाप ज्यादा भएको कारण उनीहरुको स्वास्थ्य चेक जाच न गरि उनीहरुलाई सम्बन्धित जिल्लाका कोरेन्टाइनमा व्यवस्थापनमा समस्या हुनुको साथै उच्च कोरोना को जोखिम समेत बढेको भन्दै चिन्ता भएको जानकारी गराएका छन ।

Leave a Reply