रौतहटमा प्रहरी र स्थानीय बिच झडप, नियन्त्रण को लागि १० राउण्ड हवाई फायर

रौतहटमा प्रहरी र स्थानीय बिच झडप, नियन्त्रण को लागि १० राउण्ड हवाई फायर

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

पवन सिंह
रौतहट
रौतहटको इशनाथ नगरपालिका को वडा–७ जोकहामा रहेको अनवारुल इस्लामिक क्वारेन्टाइनमा रहेको दूई जनालाई अन्यत्र उपचार गर्न लैजान लागेको भन्दै प्रहरी र स्थानीय बिच झडप भएको छ । अनवारुल इस्लामीक मदरसामा संचालन गरिएको क्वारेन्टाइनका २ व्यक्तिमा कोरोना को संक्रमण विहीबार पुष्टि भएको थियो ।
कोरोना उपचारको को लागि २ संक्रमितलाई जिल्ला कै गरुडस्थित प्रहरी विधालयमा बानाइएको आइसोलेसनमा ल्याउन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मी इस्लामीक मदरसामा बनाइएको क्वारेन्टाइनमा पुग्दा त्यहाँ विवादले उग्ररुप लिन थालेको जानकारी प्रप्त भएको छ ।
कोरोना संक्रमित भएका दुइ जनालाई अनवारुल इस्लामिक क्वारेन्टाइनमा जोकाहाटोलमै राखी उपचार गर्ने, अन्य कतै लागन पाउदैन भनि विरोध गरको इशनाथ नगरपालिका का प्रमुख सन्तोष मेहताले जानकारी साझा गरेको हुन । हाल कोरोना संक्रमित व्यक्तिले उपचार लिइरहेको स्थान बाट करिब २५ किलोमिटर टाढा रहेको छ । प्रहरीले कोरोना संक्रमितलाई अर्को ठाँउमा लैजादा स्थानीयले प्रहरीमाथी ढुंगा प्रहार गर्न थाले पछि, झडप उग्ररुपलीदा स्थितिलाई काबुमा गर्नलाई प्रहरी १० राउण्ड भन्दा बढी हवाई फयर गरेको जनाकारी प्राप्त भएको छ ।

Leave a Reply