भारत बाट काम गरी रौतहट फर्केका २२ जनामा कोरोना संक्रमण

भारत बाट काम गरी रौतहट फर्केका २२ जनामा कोरोना संक्रमण

  • Post author:
  • Post category:देश
  • Post comments:1 Comment

पवन सिंह
रौतहट
भारतबाट काम गरि फर्केका २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार नयाँ कोरोनाको पुष्टि भएको जिल्ला गौर स्थित देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित फेला परेका छन ।
करिब ११ सय जनाको स्वाब रौतहटबाट संकलन गरि केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको तथा कोरोनाको परिक्षन को रिपोर्ट आउने क्रममै छ । संक्रमन भएका सबैजना भारतबाट फर्केका हुन । गौर नगरपालिका बाट प्रथम पटक ७, देवाही गोनाही नगरपालिका मा ३ तथा राजदेवी नगरपालिकाका एक जनामा सक्रमनको पुष्टि भएको छ भने बाँकी संक्रमन भएका ११ जनाको हाल ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको हो ।
सक्रमन भएका सबै जना कोरेन्टाइनमा छन ।

This Post Has One Comment

Leave a Reply