अन्त्येष्टि समेत गरिएको वृद्धामा कोरोना पोजिटिभ , नेसनल मेडिकल अस्पताल सिल गर्ने तैयारी

अन्त्येष्टि समेत गरिएको वृद्धामा कोरोना पोजिटिभ , नेसनल मेडिकल अस्पताल सिल गर्ने तैयारी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज
नेशलन मेडिकलको चरम लापरवाही, ७० वर्षीय बृद्धको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मलामीमा गएका सबैमा त्रास उत्पन्न भएको छ । कोरोना आशङकामा स्वाब परीक्षण गरेर रिपोर्ट नआएको खण्डमा नेशनल मेडिकल कलेजले शवलाई परिवारको जिम्म दिएर गम्भीर लापरबाही पनि गरेको स्थानीयहरुको गुनासो रहेको छ । साहायक प्रमुख जिल्ला अधिकारी बसनेतले पनि शव परिवारको जिम्म मा दिनु भनेको अस्पतालको कमजोरीलाई देखाएको र त्यस संबन्धमा कडा छानविन हुनु पनि उतिकै जरुरी रहेको छ ।
मृत्यु भएका ७० वर्षीय वृद्धा जेठ २ गते दिउँसो १ बजे नेसनल मेडिकलमा भर्ना भएको थिए । उनलाई क्षयरोग र दम को समस्या थियो । उनमा पछिलो पटक निमोनियाको पनि सिकायत थियो । ७० वर्षीय वृद्धालाई आइसीयु मेन्टीलेटर राखेर उपचार शुरु गर्नु भन्दा पहिला उनको स्वाब संकलन गरि टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
मृतक को परिवार जन तथा अन्त्योष्टिमा गएका तथा उपचारमा संलगन मेडिकल कलेजका स्वास्थ्यकमी सबैलाई तत्कालै कोरेन्टाइनमा राख्ने भनिएको र उनीहरुको स्वाब संकलन गरी परिक्षण गर्ने तैयारी नारायणी अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका को हुन ।
नेशनल मेडिकलमा पिसिआर परिक्षण प्रयोग गरिने केमिकल को अभावले गर्दा स्वाब परीक्षण गरिदा शङस्कास्पद लागेको थियो जसको कारण स्वाबलाई सुनिचितताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौ मा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मा गरिएको परिक्षणमा कोरोना पोजेटिभ को पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी उपल्बध गराएको हुन ।
कोरोना संक्रमन को पिरमा पुरा गाउ डुबेको छ । मृतकका छोराले अस्पतालले बुबाको शव दिएपछि पुरा परिवार तथा गाँउको सबैले धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेको बताउनु भएको छ । यदी अस्पतालले रिपोर्ट आउन सम्म कुर्नको लागि भनेको भए, अब यस लापरवाहीको कारण घरपरिवार, गाउँ, टोल सबैतिर भाइरस सङक्रमणको जोखिम बढको होला भने सब को मनमा प्रश्न उत्पनन हुनु सवभावीकै हो ।

Leave a Reply