२ वटा रियल टाईम पिसिआर मेसिन जनकपुरधाम मा सञ्चालनमा

२ वटा रियल टाईम पिसिआर मेसिन जनकपुरधाम मा सञ्चालनमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जनकपुरधाम
प्रदेश २ सरकारले खरिद गरको २ वटा रियल टायम पिसिआर मेशिन सञ्चालनमा ल्याएको छ । यस मशिनलाई कदम चोकमा रहेको पशु अन्वेशन प्रयोगशालामा जडान गरिएको छ, जसको अवलोक प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज गरेको हुन । अवलोकन पस्चात मसिन संचालनमा आएको छ ।

नयाँ जडान गरिएको मसिन बाट दैनिक पाँच सय स्वावको परिक्षण जनकपुरधाम मै गर्न सकिन्छ । उनले बताएका हुन कि यस मसिन बाट डेंगु परिक्षण समेत गर्न मिल्ने । यस ल्याबलाई ३ दिन बाद संचालनमा ल्याउने तैयारी रहेको छ ।
आजको यस कार्यक्रमा मन्त्री साह संगै मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे, प्रादेशिक अस्पताल जनकपुरधामका अध्यक्ष संजय कुमार सिंह, जनकपुरधामका मेयर लालकिशोर साह, स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव लगायतको सहभागीता रहेको थियो ।
मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्न पुर्व निर्देशक डा.राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गरेका छन् ।

Leave a Reply