बारामा हावाहुरीले गर्दा ३४ घरमा क्षति

बारामा हावाहुरीले गर्दा ३४ घरमा क्षति

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
बाराको कोल्हबी नगरपालिका वडा–११ रामपुर्वामा करिब ७ बजे आएको भीषण हावाहुरीका कारण ३४ घरमा क्षति तथा पाँच वटा बिजुलीको पोल समेत ढलेका छन ।
यस हवाहुरीमा माटो तथा कमजोर घर भएको रामपुर्वाको सानो टोलमा दलित, गरिब तथा मजदुर आदि का घरमा ठुलो क्षति भएको जानकारी उपल्बध भएको छ । धेरै तेज हावाहुरी सँगै वर्षाआएको कारण कसैको घरको छाना उडेको छ, कसैको पुरै घररै भतकेको छ, क्षतिहुनेमा अधिकांश पासवान,माझी तथा थारु रहेको छन ।

धेरै तेज हावाहुरी सँगै वर्षाआएको कारणले गर्दा धेरै ठाँउमा बिजुलीको पोल पनि भातिएको छ, त्यसकारण गाँउमा बिजुली कटेको छ । बिजुली नहुदा त्याहाँ भएको बिभिन्न सङघ संस्थाहरु, विधुत बाट संचालनहुने कारोबार संचालन गर्न ठुलो चुनौती रहेका छ ।

Leave a Reply