कोरोना संक्रमित ४ महिने शिशु सहित १८ जना डिस्चार्ज :नारायणी अस्पताल

कोरोना संक्रमित ४ महिने शिशु सहित १८ जना डिस्चार्ज :नारायणी अस्पताल

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज
आज बिरगंज नारायणी अस्पतालमा भएको कोरोना संक्रमितहरु मध्ये १८ जनालाई आइतवार अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना मुक्त भएका छपकैया–३ का एकै परिवारका छन । ४ महिने शिशु सहित उनीहरुलाई आइतबार राति ११ बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन उपाध्यायले जानकारी साझा गरेको हुन ।
कोरोना बाट विजय प्राप्त गरेको छपकैयाको एकै परिवारका ४ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष उमेर भएका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्म भएका ४ महिला तथा ३५ देखि ६८ वर्ष सम्मका ४ पुरुष रहेको छन । यस डिस्चार्ज भएका एक युवक मुख्य चाड इदको बेला डिस्चार्ज भएकोमा धेरै खुशि देखा परेको थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मध्येराति सम्म ६०३ जना मध्ये १०५ जना निको भएका छन भने ४९५ जना अझै उपचाररत छन । हाल देशमा कोरोना को कहरको कारण ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply