९ जना नारायणी अस्पताल बिरगंजबाट डिस्चार्ज

९ जना नारायणी अस्पताल बिरगंजबाट डिस्चार्ज

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विरगंज, पर्सा
नारायणी अस्पतालबाट कोरोना को उपचार लिदै ७२ मध्ये ९ जना नेगेटिभ भएर डिस्चार्जहुन लागेका छन । शनिवार दुईवटा परिक्षण पार गरि नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेका छन । हाल उनीहरु कोरोना फ्रि भएको र अस्पतालबाट विदाई भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी साझा गरेको हुन ।


डिस्चार्ज हुनेमा पर्साका ३, बाराका २, रौतहटका ३ र १ जना भारतीय नागरिक भएको जानकारी उपल्बध भएको छ । बैशाख १९ र २० गते मा भर्ना गरिएका आज जेष्ठ १० गते डिस्चार्ज हुन लागेका छन, यस भन्दा पहिला पनि उनीहरुको उपचार गरिएको थियो तर उपचारको केही दिन न वित्दै फेरी पोजेटिभ देखा परेको कारण पुन अस्पतालमा भर्ना गरिएको थियो । ९ जना डिस्चार्ज भएकाहरु मध्ये एक जना विरगंज को मस्जिदमा पोजिटिभ पुष्टि भएका भारतीय नागरिक र रौतहट इशनाथ नगरपालिका का युवक समेत शनिबार कोरोना फ्रि भएर डिस्चार्ज भएका छन ।
बिरगंज महाँ नगरपालिका
वडा – २ का ३० वर्षीय
वडा – ३ का ५० वर्षीय
वडा – १६ का ५१ वर्षीय
पुरुष रहेका छन भने जितपुरसिमरा उपमहा नगरपालिका का ७ का ४३ वर्षीय र सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष डिस्चार्ज भएका हुन त्यसै गरि २४ वर्षीय रौतहट वृन्दावन नगरपालिका ८ र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय युवक निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले जानकारी साझा गरको हुन ।

Leave a Reply