बारामा दर्जनौं मालबाहक गाडी अलपत्र अवस्थामा

बारामा दर्जनौं मालबाहक गाडी अलपत्र अवस्थामा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
प्रदेश २ बाट बाग्मती प्रदेश भित्रने दर्जनौं सवारी साधन मकवानपुर जिल्ला प्रशासनले रोक लगाएको कारण पथतैयामा मालबाहक सवारी साधन अलपत्र परेको छ । बाग्मती प्रदेशमा भित्रने बिभिन्न भागमा लैजाने मालबाहक सवारीलाई मकवानपुर ट्राफिक प्रहरीले रोक लगएको छ । माथील्लो निकाय बाट निर्देशन आएको भन्दै ट्राफिक प्रहरीले पथलैयामा रोक लगाएका कारण मालबाहक गाडीहरु अलपत्र परेको छन । प्रदेश–२ का ट्राफिक प्रहरी कार्यलय, पथलैया बारा प्रमुख श्याम कुमार महतोले जानकारी साझा गरेको हुन ।


अति अवश्यक बस्तु जस्तै कृषि जन्य उत्पादन तथा सिमेन्ट,छड, ईटा जस्ता निर्माण सामग्री लोड गरेको मालबाहक ट्रकहरु बाराको पथलैया चेक प्वाईन्टमा थन्किएका छन ।
पथलैयामा थन्किएको मालबाहक ट्रकको दैनिक ५ हजारका दरले रोकिएको दिन देखि तिर्नुपने पिडा उधोगीहरु बताउछन् ।
कोरोना को कहरले गर्दा मकवानपुर जिल्ला सुरक्षा समितिले जेठ १ गते देखि प्रदेश दुईबाट आउँने एउटै नाका रातोमाटेमा ठुलो सुरक्षा प्रहरी बल राखी राजमार्गको सडक सिले तथा कडाइ बढाएको कारण मालबाहक ट्रकहरु संबन्धी गन्तव्यमा जान नपाएका हुन ।
यस लकडाउन ले गर्दा रोजगारी डमाडोल भएको कारणले ट्रकमा लोड गरिएको सामानहरु असुरक्षित भइ चोरी हुन सक्ने खतरा पनि चालकहरुमा उतपन्न हुनु सवभावीकै छ । ट्रकलाई व्यवस्थापन पार्किडगको अभाव पनि उतीकै छ । पार्किङगको ठाँउ नभएर ट्रकहरु रोडमै रुकन बाध्य भएका छन ।
ट्रकमा लोड गरिएको समान खरिद गरिएको स्थानमा फोन गर्दा विक्री भएको माल फिर्ता गर्नमिल्दैन भने पछि दर्जनौं लोड भएका मालबाहक ट्रकहरु सडकमै थन्किएका छन ।
कोरोना संक्रमनको त्रासले गर्दा स्थानीय र प्रहरीले चालकलाई सवारी साधन फिर्ता लैजान दबाब दिनथालेका छन । अब यस अवस्थामा चालकहरु न घरका भएका छन नत घाटका भएका छन ।

Leave a Reply