तिब्र गतिमा संक्रमित मृतक महिलाको गाँउमा स्वाब सङ्कलन सुरु

तिब्र गतिमा संक्रमित मृतक महिलाको गाँउमा स्वाब सङ्कलन सुरु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

सिन्धुपाल्चोक
तिब्र गतिमा संक्रमित मृतक महिलाको गाँउमा स्वाब सङ्कलन सुरु
कोरोना भाइरस संक्रमितको कारणले सुत्केरी महिला धुलिखेल अस्पतालमा मृत्यु भएकी बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेमा हाल कन्टयाक्ट टे«सिङका आधारमा पीसीआर परीक्षणका लागि तिब्रगतीमा स्वाब सङ्कलन कार्य सुरु भएको जानकारी उपल्बध भएको हो ।


आज संकलन गरिएको स्वाब नमूनाको रिपोर्ट एकदुइ दिन भित्र आउने जानकारी उपल्बध भएको हो । कोरोना संक्रमित भएको अनुमान मा गरिएको स्वाब संकलन काठमाडौँ पठाइएको छ । कोरोना संक्रमित भएको अनुमान स्वाब सङ्कलन क्रममा कसैमा कोरोना भाइरसको लक्षण देखा परेका छैन, जिल्ला जनस्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्त चापागाइँले जानकारी साझा गरेको हुन । कोरोना भाइरस संक्रमितको कारणले सुत्केरी महिला धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको सम्पर्कमा आएका तथा अस्पतालमा पुराउने सहयोग गर्ने गरी एक सय भन्दा बढि जनामा कोरोना हुनसक्ने सम्भावना भएको कारण सम्पुर्णको स्वाब सङ्कलन थालिएको हो ।

उचारको क्रममा धुलिखेल अस्पतालमा सुत्केरी महिलाको निधन भएपछि बाह्रबिसे नगरपालिका–९ सम्चे बलेफी गाउँपालिका ७ र ८ नम्बर वडाका जिल्ला सुरक्षा समितिले सिल गरेको जानकारी उपल्बध भएको छ । उपचारको लागि लगिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ । सिल गरिएको स्थान तथा एरियामा कसैलाई पनि घरको बाहिर सिस्कन नदिएको जिला प्रहरी कार्यालयका सुचना अधिकारी माधव काफ्लेले जानकारी साझा गरेको हुन ।

Leave a Reply