कोरोना पुष्टि पछि गाँउ त्रसित र सिल…

कोरोना पुष्टि पछि गाँउ त्रसित र सिल…

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा, निजगढ
पवन सिंह
कोरोना संक्रमित ७ वर्षीय बालिका परिक्षा सके पछि, विधालय बन्द भए पछि उनी आफ्नो निजगढ नगरपालिका वडा नं.१२ मा रामलाल थिङ्ग (मामाघर) आमा सहित चैत्र ९ गते आएकी थिइन । दोलखा घर भएकी हाल चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएकी थिइन । विहिबार ७ वर्षीय बालकलाई कोरोना (कोभिड–१९) भाइरसको पुष्टि भएको थियो । कोरोना संक्रमित बालिका तराइमा कोरोना को कहरलाई देखेर उनी आफ्नो आमा सहित काठमाडौँ जाने धेरै प्रयास गरिरहेकी थिइन । हाल लकडाउनको कारणले सवारी साधन न पाएर उनी दोधारमा परेको थिए । केही दिन पछि उनकै एक आफन्त २२ वर्षीय रिमा चौधरी बिरामी भएपछि उक्त एम्बुलेन्समा बैशाख ६ गते कोरोना संक्रमित बालिका पनि काठमाडौँ फर्किए को थिइन ।


उपचारको लागि रिमा चौधरीलाई काठमाडौँ को टिचिङ्ग अस्पताल लगिएको वडा.नं.१२ अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिएका हुन ।
७ वर्षीय बालिका कोरोना संक्रमित पुष्टि भए पछि स्थानीय त्रसित भएका छन । हाल उक्त बालक बसोबास गरिरहेको ठाँउलाई पुर्ण रुपले सिल गरिएको र उक्त बालकसँग सम्पर्कमा आएका मानिसहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले जानकारी साझा गरेको हुन ।
कोरोना संक्रमित ७ वर्षिय बालिका सँग ६,७ जना मानिसहरु पनि एम्बुलेन्समा गएको स्थानियले जानकारी उपल्बध गराएका हुन । हाल बारा मा ३ जना मात्र कोरोना सकंमित पुष्टि भएको छ ।

Leave a Reply