बाराका ४३ क्रियाशील पत्रकारहरुका स्वाब सङकलन गरियो

बाराका ४३ क्रियाशील पत्रकारहरुका स्वाब सङकलन गरियो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा,कलैया
पवन सिंह
यस कोरोना महामारीका कारण विश्वका धेरै राष्ट्रहरु लकडाउन हुन बाध्य छन । यस भाइरसको कारण प्रहरी तथा पत्रकारहरु अछुतो छैन्न । विरगंज महानगरपालिकामा २ पत्रकारहरु यस भाइरसको सिकार बनेको छन भने उनीहरु हाल आइसुलेट गरिएका छन ।


यसै क्रमलाई ध्यानमा राखि बारा को कलैया अस्पतालमा ४३ पत्रकारहरुको स्वाब सङकलन गरिएको, बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी साझा गरेको हुन । स्वाब सङकलन नेपाल पत्रकार महासंघ बारा तथा जिल्ला प्रशासन शाखाको समन्वयनमा जिल्ला अस्पताल कलैया मा गरिएको थियो । स्वाब संकलन को पिसिआर पद्धतीबाट परिक्षण हुने र त्यसको टेस्ट रिर्पोट पर्सि आउने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी साझा गरेका हुन ।

Leave a Reply