बेड नभएर संक्रमित बालिकालाई अस्पताल लगिएन

बेड नभएर संक्रमित बालिकालाई अस्पताल लगिएन

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बर्दिया
कोरोना भाइरसको संक्रमित बालिकालाई राख्न खजुरास्थित क्यान्सर अस्पतालमा बेडको अभाव भएको कारण बालिकालाई नेपालगन्ज लगिएको छ । कोरोना संक्रमित बालिका राजापुर नगरपालिका–५ की ११ वर्षीय बालिकालाई संक्रमण पुष्टि भए पछि क्यान्सर अस्पतालमा लगिएको थियो, तर खजुरामा व्यवस्थापन हुन नसकेपछि मंगलबार बेलुका सम्म नेपालगन्ज लैजाने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका हुन ।
कोरोना संक्रमित बालिका चैत्र ५ गते अफनो हजुरआमा सँगै कैलालीको धनगढी उपमहाँनगरपालिका स्थित आफन्तको घर गएकी थिइन । घर फर्किएपछि दुबैलाई बैशाख ५ गते क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमित बालिका बसेकी क्वारेन्टाइनमा हाल ३३ जनाको पनि स्वाब परीक्षणको थालनी गरिएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी साझा गरेको हुन ।

Leave a Reply