बिरगंज–पथलैया मा पर्ने औधोगिक करिडोरका उधोगहरु संचालनमा आउँदै

बिरगंज–पथलैया मा पर्ने औधोगिक करिडोरका उधोगहरु संचालनमा आउँदै

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा
विश्वका धैरै राष्ट्रहरु कोरोना को कहरले गर्दा लकडाउन गर्ने बाध्य भएको छन । नेपाल सरकारले चैत्र ११ गतेका देखी लकडाउन गरेको कारण धेरै उधोग कलकारखाना पुर्ण रुपले बन्द थियो । बिरगंज–पथलैया करिडोरका केही अधोगहरु यही शुक्रबार देखि क्रमश संचालनमा आउन थालेको छ ।
कोरोना संक्रमणबाट बच्न नेपाल सरकारको तोकेको सरक्षा अपनाउनु पर्ने न्युनतम पुर्वाधार पुरा गरि स्थानीय प्रशासनको अनुमति लिएर यहाँका उधोगहरु क्रमश संचालनमा आउन थालेका छन ।
हाल अहिले बहुप्रतिष्ठित उधोग जस्तै हुलास स्टिल, सुर्य नेपाल र जगदम्बा प्रा.लि उधोग लाई अनुमति पाएका छन । शुक्रबार देखि संचालनमा आएका यी उधोगहरुसँगै परेको अन्य निवेदनका बारेमा छानबिन र अनुमति अगाडी बढाईएको ईलाका प्रशासन कार्यालय सिमरा, बाराका प्रमुख कृष्ण गैरेले जानकारी साझा गरेको हुन ।
समाजिक दुरी कायम गरी दैनिक स्वास्थ्य चेकजाँच गर्ने कार्यलाई प्रथमिकता मा राख्नेको साथै कामदारहरुका लागि भित्र आवासको व्यवस्था मिलाउने तथा मास्क, सेनिटाईजरको प्रयोग गर्ने लगायत ७ बुँदे शर्तको पालना गर्ने गरि प्रशासन कार्यलयले यी उधोगहरुलाई संचालन गर्ने अनुमति प्रदान गरेको हो । इलाका प्रहरी प्रमुख गैरेले जानकारी साझा गरेको हुन ।
यस लकडाउनको कारण करिब यस क्षेत्रमा साना, ठुला, मझौला गरी २ सय संख्या उधोग, कलकारखाना रहेको छन । यस लकडाउनको कारणले गर्दा उधोग संचालन गर्नमा धेरै समस्याबाट गुज्रिरहेको बहुप्रतिष्ठित उधोग हुलास स्टिलका प्रशासकिय प्रमुख अखिल सिंहले जनाएको हुन । कच्चा पर्दाथको आयात तथा बजारी कारणले गर्दा समस्या हुने गरेको छ । ईलाका प्रशासन कार्यालबाट भएको सम्झौल अनुसार, हाल संचालनमा आएको हुलास स्टिल मात्र दश जना कर्मचारी राखि उधोग संचालन गर्दै आएको प्रशासकिय प्रमुख सिंहले जानकारी दिएको हुन । उधोग उत्पादनमा खासै समस्या आए पनि उधोगका कर्मचारी भने खान र बसनलाई आवासको व्यवस्थापन गर्दा पनि मजदुरहरु उधोगमा बस्न रुचाएको छैन्न ।
बिरगंज–पथलैया उधोग कोरीडोरमा रहेको खाधान्नका साथै औषधिका उधोगहरु नियमित रुपले संचालन हुँदै आएका छन । यस लकडाउनमा अनुमति बिना पुर्ण रुपले संचालनमा रहेको उधोग, कलकारखानाको प्रहरी, प्रशासनले पटक पटक अनुगमन गर्ने आवश्यक्ता देखिन्छ ।

Leave a Reply