नगरप्रमुख नियम विपरित कार्यगरेको भन्दै उपप्रमुख सहित ८ वडाअध्यक्ष विरोधमा

नगरप्रमुख नियम विपरित कार्यगरेको भन्दै उपप्रमुख सहित ८ वडाअध्यक्ष विरोधमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारा,सिम्रौनगढ
बारा जिल्ला मा पर्ने सिम्रौनगढ नगरपालिका नियम विपरित कामकाज गरिरहेको भन्दै उपप्रमुख रिमा देवी कुशवाहाले पत्रकार सम्मेलन गरी जानकारी साझा गरेको हुन ।
राहत वितरण गर्नको लागि नगरप्रमुखले कुनै लक्षित वर्ग निर्धारण नगरी आँफु खुशी राहत बाडिएको कुरा जानकारी दिइन । वास्तविक पीडित सम्म राहत वितरण नभएको कारण उपप्रमुखले पत्रकार सम्मेलन आयोजना गरेको थिइन ।
नगरस्तरिय योजना तथा कार्यक्रमको पुर्ण खर्चको विवरण, शिक्षा , धारा तथा चपाकलमा खर्च भएको विवरण, स्वास्थ्य , कृषी तथा पशु , बहुक्षेत्रीय पोषण, उर्जा र आयुर्वेद तर्फ सर्शत अनुदानको विनियोजितबाट भएको कार्यक्रमको खर्ज, मनपरी गाडी खरिद गर्ने, आर्थिक प्रशासन शाखामा दुई जना करारमा कर्मचारी भर्ना गरी तलब दिएको , माछा पोखरीको ठेक्का सम्झौता भएको विवरण लगायतको विषयमा सुृचना बुझन माग्दा प्रशासकीय अधिकृतले नदिने गरेको वडा नं ८ का अध्यक्ष पप्पु यादवले जानकारी दिएको हुन ।
नगरपालिकाको प्रमुखले करारका कर्मचारीलाई राखेर कमिशनको गेम खेल्नलागेको नगरप्रमुखले प्रशासकीय अधिकृतले आफै सबै योजना आफ्नै करारका कर्मचारीहरुबाट संचालन गराउदै आएको पत्रकार सम्मेलनमा आरोप लगाएका छन ।
यस पत्रकार सम्मेलनमा नगरपालिका को ११ वडा बाट ८ वडाका बडा अध्यक्ष साथ ८ जना कार्यपालिका सदस्यले नगरप्रमुख र प्रशासकीय अधिकृतको काम प्रति विरोध जनाएका छन ।

Leave a Reply