८ जना कोरोना संक्रमित डिस्चार्ज

८ जना कोरोना संक्रमित डिस्चार्ज

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विराटनगर
विराटनगर स्थित कोशी अस्पतालमा संचालीत भएको कोरोना उपचार केन्द्रले एकै पटक शुक्रबार ८ जनाहरुलाई डिस्चार्ज गरेको छ । कोरोना संक्रमितलाई उदयपुरको भुल्केमा कोरोना संक्रमित पुष्टि भएको बैशाख ७,९ र १० गते अस्पतालमा ल्याइएका मध्ये एक महिलासहित ८ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज गरिएका संक्रमितहरुको लगातार तीन पटक स्वाब परिक्षण गरिएको थियो, कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आज कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.संगिता मिश्राले जानकारी साझा गरेको हुन ।
डिस्चार्जहुनेमा एक भारतीय नागरिक थिए भने बाकी नेपालको विराटनगर १७ का एक महिला बाकी ५ जनाहरु उदयपुर भुल्केको स्थानीय थिए । कोशी अस्पतालको जनकारीको हिसाबले, अहिले सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएका हुन ।

Leave a Reply