बारामा छैन कोरोना उपचार गर्ने उपकरण, स्थानीयले आफैले सुरु गरे राजमार्ग र बस्तीमा कडाई

बारामा छैन कोरोना उपचार गर्ने उपकरण, स्थानीयले आफैले सुरु गरे राजमार्ग र बस्तीमा कडाई

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बारामा छैन कोरोना उपचार गर्ने उपकरण, स्थानीयले आफैले सुरु गरे राजमार्ग र बस्तीमा कडाई
बारामा कोरोना संक्रमन बुधवारको दिन दुईजनामा पुष्टि भए सँगै स्थानीयमा त्रास उत्पन्न भएको छ । यहाँको १६ वटा स्थानीय तहमा चार सय ७० बेडका कारेन्टाइन र ४७ वटा आइसोलेसन केन्द्र बने पनि कारेन्टाइनमा बस्नेलाई कोरोना भाइरस संक्रमित छन, कि छैन भनेर चेकजाँचका निम्ती बारामा उपकरण को अभाव भए पछि स्थानीय निकायले अहिले आ–आफ्नो प्रबेश नाकामा कडाई समेत गरेको छन ।
स्वास्थ्य कार्यालय बाराले पहिला देखिनै कोरोना जाँच उपकरण कमी रहेको जानकारी गराएका छन । कोरोनाको परिक्षण किट अभावमा हुँन सकेको छैन ।
लकडाउनमा को बेलामा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परिक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख राज किशोर पण्डितले बताएका हुन ।
बाइट अफ द डे
राज किशोर पण्डित, प्रमुख कार्यालय बाराका प्रमुख, स्वास्थ्य कार्यालय,बारा
बारामा अहिले एक सय ९६ जना क्वारेन्टाइनमा रहेको छन् , उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राखेर नियमित चेकजाँच गरिनु पर्ने भएता पनि उपकरणकाे कमिले हुँन नसकेको र केहि दिनमा सामग्री उपल्वध गराई स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले बताए ।
बाईट :- रुद्र प्रसाद पण्डित , प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय, बारा
यता , स्थानीय निकायले अहिले आ-अफ्नाें प्रवेश नाकामा कडाई गरेका छन ।
बाराको निजगढ जीतपुरसिमरा उपमहानगरपालिका , निजगढ नगरपालिका , कलैया उपमहानगरपालिका लगायत अन्य नगरपालिकाहरुले पनि आफ्नों क्षेत्र प्रवेश गर्ने सवारी साधनहरुलाई डिस ईन्फेक्शन स्प्रे गर्ने गरेका छन् ।
भने अति आवश्यक काम बाहेकका लागि निस्किएका गाडी र मानिसहरुलाई लकडाउनको पालना गरि सुरक्षित घरैमा बस्न आग्रह गरि रहेको निजगढ नगरपालिकाका प्रवक्ता तथा कोरोना भाइरस महामारी विपद व्यवस्थापन समिति निजगढका संयोजक नविन खनालले बताए ।
बाईट :- नविन खनाल , प्रबक्ता , निजगढ नगरपालिका तथा संयोजक कोरोना भाईरस महामारी विपद व्यवस्थापन समिति निजगढ , बारा
पूर्व—पश्चिम राजमार्गको निजगढमा निजगढ नगरपालिका , प्रार्थमिक स्वास्थ्य केन्द्र निजगढ र युथ अफ निजगढको सहकार्यमा राजमार्गमा नैं स्वास्थ्य चेकजाँच गरि रहेको युथ अफ निजगढका अध्यक्ष गंगामाया श्रेष्ठ बताईन् ।
बाईट:- गंगामाया श्रेष्ठ , अध्यक्ष , युथ अफ निजगढ , बारा
करिब आठ लाख ३० हजार जनसंख्या भएको बारामा कोरोना संक्रमणको पुष्टिसँगै अहिले जिल्लाका विभिन्न बस्ती , राजमार्ग समेत सुनसान छ । भने स्थानीयहरु त्रासमा दिनचर्या बितईरहेकाे अवस्था रहेकाे छ ।

Leave a Reply