डिस्चार्ज गरिएको जमातिलाई फेरी अस्पताल ल्याइयो ।

डिस्चार्ज गरिएको जमातिलाई फेरी अस्पताल ल्याइयो ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिरगंज

नारायणी अस्पतालबाट डिस्चार्ज भएको कोरोना संक्रमित जमातिहरुलाई फेरी अस्पतालमा ल्याइएको छ । डिस्चार्ज भएको ३ जनाभारतीय जमाती मध्ये ४१ वर्षिय एक जनामा फेरी पोजेटिभ देखा आए संगै अस्पताल ल्याईएको हो । उपचारको लागि तिनीहरुलाई पुन अस्पतालमा भर्ना गरिएको हो । कोरोना संक्रमित व्यक्तीहरु बिरगंज महानगरपालिका वडा नं.२ स्थित मस्जिदमा फेला परेको जमाती भारतको उत्तर प्रदेशका निवासी रहेको छन ।
यस भन्दा पहिला डिस्चार्ज भएका रौतहटका १४ वर्षिय युवकलाई शनिवार राती नै पुण अस्पताल ल्याईएको थियो । युवकलाई कोरोना पोजेटिभ देखा परे पछि शनिवार को रातिमा नरायणी अस्पतालमा भर्ना गरिएको छ । बैशाख १ गते कोरोना पोजेटिभ देखा परे पछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते निगेटिभ भएको पुष्टि गरेको थियो । निगेटिभ रिपोर्ट पछि १४ गते अपरान्ह डिस्चार्ज भएर रौतहट स्थित आफ्नों घर फर्किएका थिए

डिस्चार्ज भएका लाई फेरी कारोनाको संक्रमन भएको कारण भर्ना भएको देखेर स्थानियमा त्रास उत्पन्न भएको छ । रौतहटका युवक संगै तीन भारतीय जमातिहरु पनि बैशाख १४ गते डिस्चार्ज भएका थिए ।

Leave a Reply