कोभिड–१९ लकडाउने बन र बन्यजन्तुहरुको सुरक्षामा चुनौती

कोभिड–१९ लकडाउने बन र बन्यजन्तुहरुको सुरक्षामा चुनौती

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोभिड–१९ को त्रास भारतमा बढे संगै नेपाल सरकारले लकडाउनको अवधी थपिदै जाँदा बारामा भने वन र वन्यजन्तुमा सुरक्षमा चुनौती थपिदै आएको हो । लकडाउनमा मौका मा चौका हान्न हेतु बन र बन्यजन्तु तस्करी गर्नेहरुको सकृयता बढेसँगै सुरक्षामा चुनौती थपिएको हो ।
लकडाउनको बेला छोपेर घरेलु हतियार सहिँत वन र वन्यजन्तु तस्करीमा संग्लन १२ जनालाई डिभिजन वनकार्यलय बाराले प्रकाउ गरेको छ । हाल पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।
कोभिड–१९ संक्रमण को बेला कर्मचारीहरु विदामा भएको कारण, वन्यजन्तु तस्करी र वन क्षेत्रमा आगजनीका घटना बढेको प्रस्ट देखन थालेको छ । हामीलाई पनि भएकै साधन स्राेतबाट गस्ती बढाउँनु पर्ने बाध्यता छ । अहिले गस्तीमा हिडेका वन रक्षकहरुलाई कोरोना संक्रमणबाट बचेर काम गर्नु पर्ने चुनौती छ । पहिला जस्तो वातावरण न भएर काम गर्ने सहज छैन । आँफु सुरक्षित भएर साविक भन्दा बढि काम गर्नु पर्ने दोहोरो पिडा भोग्नु परेको डिभिजन बन कार्यालयका प्रमुख मन्जुर अहमदले बताए । बाईट : मन्जुर अहमद , प्रमुख , डिभिजन बन कार्यालय , बारा

बारामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ वटा सामुदायिक वन ४ वटा साझेदारी वन र पर्सा राष्ट्रिय निकुञ्ज रहेका छन् ।


वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटो घाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल भित्रको वन सबै भन्दा बढी जोखिममा रहेको वनकार्यलयले जनाएको छ ।
लगातारको लकडाउनले जिल्लामा अत्याआवश्यक सेवा बाहेक सबै गतिविधि ठप्प भएको मौका छोपेर वनमा बँदेल , चित्तल , निलगाँई र चराचुरुङ्गीको शिकार पनि ह्वात्तै बढेको छ ।

पछिल्लो समय कार्यालयको काम प्राय ठप्प जस्तै भएकोले बन रक्षक र केही कर्मचारीहरुको समुह बनाएर २४ सै घण्टा समुहगत गस्ती परिचालित गरेको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमदले बताए ।
बाईट ः मन्जुर अहमद , प्रमुख , डिभिजन बन कार्यालय , बारा

Leave a Reply