नारायणी अस्पतालाई जेनरल अस्पताल कायम गर्ने,कोभिडको छुटै अस्पतालको माँग गदै बिरगंजमा धर्ना तथा प्रदर्शन सुरु

नारायणी अस्पतालाई जेनरल अस्पताल कायम गर्ने,कोभिडको छुटै अस्पतालको माँग गदै बिरगंजमा धर्ना तथा प्रदर्शन सुरु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नारायणी अस्पताल लाई जेनरल अस्पताल शिघ्र सुर गर्ने तथा कोरोना भाइरसको लागि बिरगंजमा छुटै अस्पताल बन्नु पर्ने माग राख्दै नेपाली काँग्रेस पर्साले आईतवार धर्ना तथा प्रदर्शन गरेको छन ।
नरायणीमा कोरोना को उपचार सुरु हुदा हृदय रोगी , प्रसुती, किडनीको डायलोसीस, बाल रोगीको एन.आइ.सि.यु , हाडजोर्नी, फिजिसियन, क्षयरोग , लगायत विभिन्न खोप को सेवा बन्द गरेको छ ।


विरगंजमा हजारौ बिरामीहरु एक दमै मार्कामा परेको र धैरै संख्या भएको क्षेत्र तथा व्यपारीक नगरी भएको कारणले गर्दा कोभिड–१९ को अस्पतालको संचालन गर्न नमिल्ला जानकारी गराउदा पनि नरोकिए पछि जनभावना अनुसार सडक मै उत्रनु परेको नेपाली काँग्रस पर्साका सभापति अजय त्रिवेदीले बताउनु भयो ।

संघिय र प्रदेश सित पटक-पटक आग्रह गर्दा पनि नारायणी अस्पतालबाट हटाएर अन्य स्थानमा उपचार सुरु नगरेकोले समाजिक दुरी कायम गर्दै धर्ना प्रदर्शनमा उत्रिनु परेको काँग्रेस नेता सुरेन्द्र चौधरी बताए ।

Leave a Reply