कोरोना अस्पतालबाट डिस्चार्ज भएको रौतहटका युवक फेरी भर्ना

कोरोना अस्पतालबाट डिस्चार्ज भएको रौतहटका युवक फेरी भर्ना

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोना अस्पतालबाट डिस्चार्ज भएको युवक एक हप्ता नबित्दै फेरी अस्पतालमा फेरी भर्ना भएका छन । कोभिड-१९ (काेराेना) भाईरस पुनः पोजेटिभ देखा परे पछि उनी शनिवार राति नारायणी अस्पतालमा भर्ना भएका हुँन् । बैशाख १ गते काेराेना पोजेटिभ देखा परे पछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते नेगेटिभ भएको पुष्टि गरेकाे थियाे ।

नेगेटीभ रिपोर्ट आए पछि १४ गते अपरान्ह डिस्चार्ज हुनु भएको रौतहट जिल्ला घर भएको इशनगर नगरपालिका भएको विरामी व्यक्ति ठिक भई आफ्नो घर फर्केका थिए । डिस्चार्ज भएको एक हप्ता पछि पुन : पोजेटिभ रहेको भन्दै नारायणी अस्पतालमा उनलाई ल्याईएसँगै स्थानीयमा शनत्रास फैलिएकाे छ ।

युवकमा फेरी कोरोनाको प्रकोप रहेको भएर भर्ना भएको कसैले पुष्टि गरेको छैन । रौतहट युवक संगै तीन भारतीय जमालिहरु पनि बैशाख १४ गते डिस्चार्ज भएको थिए । हाल तिनीहरुको स्वास्थ्यको बारेमा कुनै जानकारी उपल्बध भने भएको छैन ।

Leave a Reply