लैंगिक समानता सहिँत नयाँ संस्कृती निर्माणमा जुट्न आह्वान

लैंगिक समानता सहिँत नयाँ संस्कृती निर्माणमा जुट्न आह्वान

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

श्याम गुप्ता
जनकपुरधाम , १९ बैशाख
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले लैंगिक समानता सहिँत नयाँ संस्कृती निर्माणमा जुट्न आह्वान गरेका छन् ।
पुर्वमन्त्री एवंम् सांसद समेत रहेका प्रदेश अध्यक्ष साहले जानकी जन्म जयन्तीको अवसरमा शुक्रवार शुभकामना व्यक्त गर्दै यस्तो आह्वान गरेका हुँन् ।
अहिले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास एवंम् लकडाउनका बिच घर मैं बसेर जानकी जन्म जयन्ती मनाउँन उनले आग्रह गरेका छन् ।
‘जानकी जन्म जयन्तीको विशेष अवसरमा वहाँ प्रति उच्च सम्मानका साथ समाजमा लैंगिक समानता सहिँतको नयाँ संस्कृति निर्माणमा तपाईंहरुको महत्वपूर्ण योगदान रहँने बिश्वास सहिँत कोरोना विरुद्धको लड़ाईमा मानव जातिलाई छिटै सफलता मिलोस् भन्ने कामना गर्दै सबैको सुख , शान्ति एवंम् समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’ साहले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् ।
‘नेपालको राष्ट्रिय विभूति सीता माताको सम्मान गरौं !, लकडाउनको पालना गरि जानकी जयन्ती मनाऔं !!’ भन्दै उनले अहिलेको अवस्थामा घरबाटै जानकी जयन्ती मनाउँन आग्रह गरेका छन् ।
यस वर्ष जानकी जन्म जयन्ती २० बैशाख अर्थात् भाेली शनिवार रहेको छ । यस अघि नेकपाले भव्य रुपमा बिभिन्न कार्यक्रम गर्दै प्रदेश २ मा जानकी जयन्ती मनाउँदै आएको छ ।

Leave a Reply