बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

वेवारिसे बम बिस्फोटले गर्दा ४ बालबालिकाको घटना स्थिलमै मृत्यु भएको छ । बम बिस्फोट रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.७ गैरीगाउँमा भएको हो । बम विस्फोट भएको बेला बमको अवाज ठुलो भएको कारण गाँउलेहरु हेर्नको लागि बम विस्फोट भएको ठाँउमा पुग्दा ४ बालबालिका मृत्यु भएको गाँउलेहरु देखेको हुन ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं.७ को १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीय बिमला डाँगी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका वडा नं. का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी साझा गरेको हुन ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा चराएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुँन सक्ने अनुमान प्रहरीले गरेकाे छ ।

Leave a Reply