ब्राउनसुगर सहित ४ जना प्रहरी हिरासतमा, पास लिएको गाडीमा कालोबजारी

ब्राउनसुगर सहित ४ जना प्रहरी हिरासतमा, पास लिएको गाडीमा कालोबजारी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बर्दिया
नेपालमा यो आम कुरा भएको जस्तो अनुभव हुन थालेको छ । पास लिएको गाडीमा ४७ ग्राम ४३० मिली ग्राम लागु औषध ब्राउन सुगर सहित ४ जनालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । देशमा यो कुनै नयाँ कुरा होइन यो भन्दा पहिला एक निजगढमा एक ट्रक रक्सी सौफी फेला परेको थियो, त्यो पनि गाडीको पास म्याद गुजरी सकेको थियो ।
प्रहरीले गोप्य सुचनाको अधारमा, गाडीमा लागु औषध ब्राउन सुगरको कारोबार तथा ओसारपसार गरिरहेको गाडी सहित चार जनालाई पक्राउ गरेको छ । गाडीको पास भक्तपुरबाट लिइएको थियो । बा.१२.च.६२९९ नम्बरको अल्टो गाडी रहेको थियो । गाडीको को खान तलासी गरिरहेको बेला ब्राउन सुगर स्टेरिङ भित्र लुकाइएको अवस्थामा फेला परेको हो । गाडी बर्दियाको सदरमुकाम गुलरियामा बाट पक्राउ गरिएको थियो ।

यस ब्राउन सुगरको कालोबजारी गर्नेहरु कैलाली जिल्ला टिकापुर नगरपालिका बडा नं ९ का ३३ बर्षिय रमेश न्यौपने, दैलेख जिल्ला दुल्लु नगरपालिका बडा नं ७ का २७ बर्षिय अकाश शाह, कैलाली लम्की चुवा नगरपालिका वडा नं ५ का २९ बर्षिय रोशन कडायत र कैलाली टिकापुर नगरपालिका बडा नं.१ का २८ बर्षिय राजन रावल रहेको छन ।
लागु पदार्थको ओसारपोसार गर्नेहरुको आवस्यक अनुसन्धार भईरहेको बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जानकारी गराएको हुन ।

Leave a Reply