३ उधोग संचालक सहित पाँच जना प्रहरी हिरासतमा

३ उधोग संचालक सहित पाँच जना प्रहरी हिरासतमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

परवानीपुर, बारा

लामो समय देखि चल्दै आएको कोरोना को लकडाउनको मौका छोपी मौकामा चौका हन्ने हेतु दालमा कालोबजारी गरेको अभियोगमा तीन उधोगका संचालक सहित पाँच जनालाई प्रहरीले आफनो हिरासतमा लिएको छ । नेपालमा यस प्रकारको समाचार प्राय धेरै आउन थालेको छ । यस मौकामा एकले अर्कोलाई साथ दिनुको साटो लुटने गरेको पाइएको छ ।
यस कालोबजारीमा प्रहरीले पक्राउ गरेको नारायणी मोडर्न पल्सेस् ईण्डस्ट्रिज परवानीपुर गाउँपालिका वडा–४मा रहेको कम्पनीको संचालक मोहनलाल अग्रवाल र प्रतिनिधि शर्मा, छातापिपरामा रहेको कृष्ण आधुनिक दाल उधोग संचालक पवन कुमार साह र प्रतिनिधि सुरेश साह तथा लिपनीमालमा रहेको महाबीर ओभरसिज प्रा.लि का प्रतिनिधि संतोष झा लाई प्रहरीले पक्राउ गरेको हो ।
यस एक महिना भन्दा ज्यादा भएको लकडाउनमा लाज न पचेको उधोगी सहिँतका प्रतिनिधिलाई पक्राउ गरेको छ । मुसुरोको दाल प्रति केजी ८० देखि ८५ रुपैया पर्ने बस्तुको मुल्य यस लकडाउनको मौका छोपी तीन वटै उधोगले ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेको सुचनाको आधारमा उधोगी सहिँतका प्रतिनिधिलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी साझा गरेको हुन ।
जिल्ला कार्यलाय कलैया बाराले उनीहरु माथी कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार कारवाही अगाडी बढाइएको छ ।

Leave a Reply