लाज न पचेको जनप्रतिनिधि र कर्मचारी सहित ५ जनालाई प्रहरी नियन्त्रणमा

लाज न पचेको जनप्रतिनिधि र कर्मचारी सहित ५ जनालाई प्रहरी नियन्त्रणमा

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विश्व कोरोनाको महामारी मा ग्रसित हुदा कलैया उपमहानगरपालिकाले लामो लकडाउनमा विपन्न परिरवारलाई गुणस्तरहीन दाल खरिद गरि वितरण गरेको कुरा जिल्ला प्रहरकार्यालयलाई जनकारी पाउने वितिकै सो पालिकाका दुई वडा अध्यक्ष र एक जना वडा सचिव सहित पाँच जनालाई प्रहरी हिरासतमा लिई थप अनुसन्धानलाई अगाडी बढाएको छन ।
पक्राउ पर्नेमा कलैया उपमहाँनगरपालिका को
वडा–१ का वडा अध्यक्ष हरिओम साह
वडा–७ का वडा अध्यक्ष सर्फुल्लाह अंसारी
वडा–२० का वडा सचिव खेदु मियाँ


यस का साथ कलैया–७मा पर्ने यादव आईस एण्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बिरगंज महाँ नगरपालिकामा पर्ने धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनलाई बारा प्रहरीले पक्राउ गरेको छ । तेजकरण जैनलाई काठमाण्डौको कीर्तिपुर नगरपालिका–२ स्थित घर बाट र अन्य चार जनालाई जिल्लाबाटै हिरासत लिइएको थियो । कलैया उपमहा नगरपालिकामा पर्ने वडा नं १ , ७ , ११ , २० ,२१ , २२ ,२४ , २६ र २७ मा पर्ने परिवारलाई अत्यन्तै न्युन गुणस्तरको खाध बस्तु को वितरण गरेको थियो । वितरतण गरिएको दाल लाई परिक्षणको लागि खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो । परिक्षणको लागि पठाएको दाल गुणस्तरहीन भएको पुष्टि भए लग्तै प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको थियो ।
यस्तो महामारीमा लाज न पचेको जनप्रतिनिधि र कर्मचारी सहित ५ जनालाई प्रहरीले बयान लिएर अनुसन्धान लाई अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका हुन । यो भन्दा पहिला कलैया स्थित को कोल्डस्तटोरमा गुणस्तरहीन दाल भण्डारण गरि राखिएको ३८० बोरा दाल चैत २९ गते सिल गरेको थियो ।

Leave a Reply