जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय हुन्छ

जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय हुन्छ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोना कहरको कारण धेरै मानिसहरु घरमै बसि आफनो काम गर्ने गरेको छन । धेरै मानिस आफनो काम घरबाटै अनलाईन मार्फत गर्ने गरेको पाईएको छ ।
तराई क्षेत्रमा चर्को गर्मीको कारण पैदल यात्रुहरुलाई सहारा स्वरुप निजगढ नगरपालिकाको चौक नजिक उत्तरपुवीमा साबित्री भारतीको घर अगाडी त्यहाँको बासिन्दाहरुले मानिसभएको कर्तव्य पुरा गर्न हेतु दाल,भात,टमाटरको अँचार,आलुको भुजिया र एक बोतल पानी लिएर बसिरहेको छन् । लक डाउनका कारण पैदल यात्रुहरुलाई भोको र तिर्खा मिटाउने भएको कारण, यी मानिसहरुलाई एक मिनटको लागि पनि फुर्सद । सोसल डिस्टेन्स को नियम पालना गर्ने गरि खाना दिने वितिकै पैदल यात्रुहरुलाई जंगलतर्फ गएर खानुहोला भने गरेका छन ।
कोरोनाको महामारीको कारण सरकारले चैत्र ११ गते देखि जारी गरेको लकडाउन मा कति मजदुर तथा विपन्नले खान पाउँदा खुशी छन । यस कोरोनाको कारण पैदल यात्रुहरुलाई कोइ छिटो बास दिन पनि मानिरहेको छैन । हाल राजधानीमा अधिकान्स मानिसहरु कार्य स्थलमा नै रोकिएका छन भने कोइ कोइ पैदल यात्र गर्ने बाध्य छन ।


पैदल यात्रुहरुलाई सहयोग स्वरुप आफनो गाँउ ठाँउ जनेहरुको लागि निजगढमा निःशुल्क खाना वितरण गरेको सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतमले जानकारी साझा गरेको हुन । पैदल यात्र गरिआएको धेरै जानहरु मध्ये कोइ धरान,बिरगंज,कलैया र बर्दिया घरभएका रामप्रसाद चौधरीको को भनाई अनुसार वाटो मा दुकान बन्द भएको हुदा खाना खान कुनै ठाँउ नपाएको र पानीको स्रोत को पनि बाटो मा अभाव भएको गुनासो गनुभएको छ ।
निजगढ चौक मा पुग्दा उनलाई ठुलो राहत पाएको महसुस भयो । त्यहाँ निःशुल्क खाना खान पएको कारण उनको शरिरमा फुर्तिआएको महसुस भयो । भनिन्छ नि सेवा नै धर्म हो, त्यसको मुख्य पत्र निजगढ वासिले हात पर्ने सफल भएका हुन । मजदुरहरु खान खान पाएको हुदा धेरै खुशि भएको छन । धेरैले काठमाण्डौमा दुख भोगेको र त्यहाँ कसैलाई मतलव छैन यहाँ न मनभएको मान्छे रहेको छन कम से कम एक छाक खान त पेट भरि खान दिएको छन । निःशुल्क खान व्यवस्था गर्नेहरुलाई मुटु बाट धन्यबाद भन्दै आफनो बाटो तर्फ पैदल यात्रुहरु लागे ।

Leave a Reply