६० परिवारलाई राहत वितरण

६० परिवारलाई राहत वितरण

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बिश्व कोरोना को कहरबाट ग्रसित हुदा हाम्रो देशमा पनि कोरोना कहरको थालनी भएको छ । भारतले लकडाउन गरे लग्तै नेपाल सरकारले पनि ११ गते देखि नेपाल लक डाउन को घोसना गरेको हो । कोरोनाको संकमण रोक्ने हेतु सरकारले गरेको मुलुक भर लकडाउनको निर्णय स्वागत योग्य भएको भन्दै आमजताहरुले पनि सरकार को साथ दिएका हुन । त्यसकारण भारत को जस्तो
नेपाल मा कोरोनाको संक्रमण धेरै कम संख्यामा देखिएको हो ।

आज जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुरको बोरिङ टोल र लक्ष्मीटोलमा समाजसेवी युवा नेता सुनिल कुमार गुप्ताको नेत्रित्वमा र आत्म प्रिय साथीहरुको सहयोगमा, दैनिक ज्यालामा काम गर्ने ६० परिवारलाई राहत वितरण गरेका हुन । प्रत्यक परिवारले ३० किलो चामल , ४ किलो आलु , १ किलो प्याज ,१ किलो दाल, १ किलो नुन , १ लिटर तोरी तेल , २५० ग्राम मसैरा राहत वितरण गरेका हुन । आज भएको राहत कार्यक्रम बारे जानकारी सर्फुदिन अंसारीले दिएका हुन ।

Leave a Reply