पाकिस्तानमा बम बिस्फोट मस्जिद नजिकै कम्तीमा ८ जनाको मृत्यु

पाकिस्तानमा बम बिस्फोट मस्जिद नजिकै कम्तीमा ८ जनाको मृत्यु

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

पाकिस्तानको लाहोरमा सबैभन्दा लोकप्रिय सुफी सस्जिदमा बुधवार महा शक्तिशाली बिस्फोटमा कम्तीमा ८ जनाको प्राण गएको पुष्टि भएको छ । यस विस्फोटमा करिब १० जनाहरु घाइते भएको छन । सुफी मस्जिदमा महिलाहरुलाई प्रवेश गर्ने प्रमुख गेटमै बिस्फोट भएको छ । प्रहरीले बिस्फोटको बिवरण निकालन थालनी गरिएको छ । अन्तर्राष्ट्रिय मिडिया माध्येम को अनुसार प्रहरीको गाडीलाई प्रमुख लक्षित गरी आत्मघाती आक्रमण गरिएको हो । सुफी सस्जिद मा तथा नजिक ऐरियामा पटकपटक आक्रमण हुन थालेपछि, सरकारले मस्जिदमा सुरक्षा व्यवस्थामा कडाई बनाएको हो ।
यस सुफी सस्जिद मा सन २०१० मा पनि आक्रमण भएको थियो । त्यस बेला ४० जनाले आफ्नो ज्यान गुमाएका थिए । हाल ठुलो कडाई हुदा हुदै आक्रमण भएको मा ठुलो प्रश्न चिन्ह उठेको छ ।

Leave a Reply